Logo

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी



काठमाडौं, जेठ ५ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ । मेयरमा एमालेका नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी निर्वाचित भएका छन् । चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गरेका छन ।

चौधरी ३१७२८ मत प्राप्त गरे भने गठबन्धनका माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत प्राप्त गरेका छन । उपमेयरमा एमालेकी हुमा डिसी झिनो मतले निर्वाचित भएकी छ्न । डिसीले ३०४०३ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट कांग्रेसका भुप बहादुर डाँगीले ३०३५४ मत प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot