Logo

फ्रान्कफुर्ट युरोपा लिग च्याम्पियन



एजेन्सी । जर्मन क्लब इन्ट्राच फ्रान्कफुर्ट युईएफए युरोपा लिग च्याम्पियन बनेको छ । बुधबार राति भएको फाइनल खेलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै फ्रान्कफुर्टले दोस्रोपटक युरोपा लिगको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलको विजेताको टुंगो नलागेपछि पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटमा फ्रान्कफुर्टलाई जीत दिलाउन क्रिस्टेफोर लेन्ज, अज्डिन ह्रुस्टिक, डाइची कमान्डा, फिलिप कोस्टिक र राफायल सन्तोषले गोल गरे ।

रेन्जर्सको लागि जेम्स टाभेरनिर, स्टेभेन डेभिस, स्कोट अर्फिल्ड र केमा रोफिले गोल गर्दा एरोन राम्से चुके । यसअघि सेभिल्लामा भएको खेलको ५७ औं मिनेटमा जोए अरिबोले गोल गर्दै रेन्जर्सलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६९ औं मिनेटमा कोस्टिकको पासमा राफायलले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । बाँकी निर्धारित र अतिरिक्त समयमा थप गोल हुन नसक्दा पेनाल्टी सुटआउटमा पुगेको खेलमा फ्रान्कफुर्ट भाग्यमानी रह्यो ।



प्रतिक्रिया दिनुहोस्