Logo

बर्दिबासमा प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारको अग्रता



बर्दिबास, ५ जेठ । महोत्तरीको बर्दिबास नगरपालिकाको प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारहरुले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नगर प्रमुखमा प्रहलादकुमार क्षेत्रीले १३ हजार १९३ ल्याएर अग्रता लिइरहेका छन् ।

उनलाई पछुयादै नेकपा माओवादी केन्द्रका राजु खड्काले ७ हजार ६६४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका टेकबहादुर बलम्पाकीले ३ हजार ४२३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

त्यस्तै, उपमेयरमा स्वतन्त्र उम्मेदवार तारा देवीले ६ हजार ३३६ मत ल्याएर अग्रता लिइरहेकी छिन् । भने उनलाई पछुयाउदै माओवादीकी कृष्णमाया गौतमले ५ हजार ५६ मत ल्याएकी छिन् ।

त्यस्तै, एमालेकी दुर्गाकुमारी दाहालले ४ हजार ३३० मत ल्याउँदा कांग्रेसकी कमलीमायाँ वाईवाले ९ सय १८ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्