Logo

भरतपुरमा रेनु दाहाललाई २३५७ मतान्तरको अग्रता, अधिकारीले कति ल्याए



चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २ हजार ३५७ मतान्तरको अग्रता लिएकी छिन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार माओवादीकी दाहालले १५ हजार १३४ मत प्राप्त गरेकी छिन् भने उनलाई पछ्याउदै नेकपा एमालेका विजय सुवेदीले १२ हजार ७७७ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २५३ मत ल्याएर सुवेदीलाई पछ्याइरहेका छन् । त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५३५ मत ल्याएर अग्रता लिइरहेका छन् भने उनलाई पछ्याउँदै राप्रपाका हिमला गुरुङले ९ हजार ७३२ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot