चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ३ हजार १२६ मतान्तरको अग्रता लिएकी छिन् ।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार माओवादीकी दाहालले १५ हजार ५१३ मत प्राप्त गरेकी छिन् भने उनलाई पछ्याउदै नेकपा एमालेका विजय सुवेदीले १२ हजार ३८७ मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४०३ मत ल्याएर सुवेदीलाई पछ्याइरहेका छन् । त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५३५ मत ल्याएर अग्रता लिइरहेका छन् भने उनलाई पछ्याउँदै राप्रपाका हिमला गुरुङले ९ हजार ७६१ मत ल्याएकी छिन् ।