Logo

पोखरामा गठबन्धनका धनराजलाई २३८३ मतान्तरको अग्रता



पोखरा, ५ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका धनराज आचार्यले २३८३ मतान्तरले अग्रता लिइरहेका छन् ।

एकीकृत समाजवादीका आचार्यले पछिल्लो मतपरिणाम अनुसार २० हजार ७४९ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका कृष्णबहादुर थापाले १८ हजार ३३६ मत ल्याएका छन् ।

राप्रपाका शंकर खरालले २ हजार १० मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । महानगरको उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले १४ मतान्तरले अग्रता लिएकी छिन् ।

उनले २० हजार ९७७ मत ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले २० हजार ९६३ मत प्राप्त गरेकी छिन् । त्यस्तै, राप्रपाका रन्जना कुमारी सेन पौडेलले १ हजार ८१८ मत ल्याएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्