Logo

ललितपुरमा चिरीबाबुको अग्रता कायमै, उपप्रमुखमा एमालेकी बज्राचार्य अगाडी



ललितपुर, ५ जेठ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार महर्जनले १६ हजार ४०९ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ९ हजार ९३७ मत ल्याएका छन् ।

त्यस्तै, राप्रपाकी अष्टबहादुर महर्जनले १ हजार ९३७ मत ल्याएका छन् । यसैगरी, महानगरको उपप्रमुखमा मन्जली शाक्य बज्राचार्यले ८ हजार ४४० मत ल्याएर लिड गरिरहेकी छिन् ।

उनलाई पछ्याउँदै माओवादी केन्द्रका बाबुराम बज्राचार्यले ६ हजार ५८३ मत ल्याएका छन् । राप्रपाकी स्वर्णिमा शाक्यले २ हजार ४२५ मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot