Logo

जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो…



गोरखा, जेठ ५। गोरखाको भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले आफूले आफैलाई हालेको मत हराएको बताएका छन् ।

अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट नपाएका ढकालले आफुले चुनाव चिन्ह ‘खानेपानीका धारा’ मत हालेपनि मतगणना हुँदा एक मत पनि आएको बताए । उक्त गाउँपालिकामा १४६९ मत खसेको माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ उक्त गाउँपालिकाको वडाध्यक्ष बनेका छन् ।

आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन ।’ अदालत जाने तयारीमा रहेका ढकालले बताए । उनले आफैलाई हालेको मत बदर पनि भएको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot