Logo

कर्जन्हाको मेयरमा एमालेका पोखरेल र उपमेयरमा जसपाकी लक्ष्मी श्रेष्ठ निर्वाचित



काठमाडौं, ५ जेठ । सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा (एमाले) का भोलाप्रसाद पोखरेल विजयी भएका छन् । त्यस्तै, उपमेयरमा भने जनता समाजवादी पार्टी, नेपालकी लक्ष्मी श्रेष्ठ यादव निर्वाचित भएकी छिन् ।

मेयरमा निर्वाचित पोखरेलले जसपाका उम्मेद्धवार केशबप्रसाद साहलाई पराजित गरेका हुन् । मेयरमा निर्वाचित पोखरेलले ३८३९ मत ल्याए भने साहले ३२२३ मत ल्याए । उता, उपमेयरमा निर्वाचित श्रेष्ठले ३४८७ मत ल्याउँदा एमालेकी निर्मला कुमारी देवीले ३०९५ मत ल्याईन् । यसअघि ०७४ मा मेयर र उपमेयर जितेको माओवादी केन्द्रको लज्जास्पद हार भएको छ ।



प्रतिक्रिया दिनुहोस्