Logo

वीरगञ्जमा राजेशमानलाई ७९०८ मतको अग्रता



वीरगञ्जम, ५ जेठ । वीरगञ्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ७ हजार ९०८ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी, नेपालका सिंहले १६ हजार ११३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयकुमार सरावगीले ८ हजार २०५ मत ल्याउँदा राप्रपाका गिरीश गिरीले ७०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महानगरको उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ११ हजार ४३६ मत ल्याएर लिड गरिरहेका छन् । उनलाई पछ्याउँदै लोसपाका पुरुषोत्तमलाल झाले २ हजार २७३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले १ हजार ६६३ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्