Logo

कांग्रेस र माओवादी आउँदो चुनावमा पार्टी एकता गरेरै आएछन् भने पनि पराजित गरिन्छ : विष्णु रिजाल



काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको निर्वाचनमा एमालेले प्राप्त गरेको जनमत अध्यक्ष केपी शर्मा ओलीको सक्रिय, दृढ र प्रभावकारी नेतृत्वको कारण सम्भव भएको बताएका छन् । कतिपयले अहिले अहिले एमालेको नेतृत्वमाथि प्रहार गरिरहेको पनि उनले उल्लेख गरेका छन् । उनले अहिले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेका कांग्रेस र माओवादी केन्द्र आगामी निर्वाचनमा पार्टी एकता गरेरै आए भनेपनि पराजित गरिने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् । उनले यस्तो लेखेका छन्-

पाँचदलीय गठबन्धनको घेराबन्दी, पार्टी विभाजनको आलो मनोविज्ञान र सत्ताको चरम दुरुपयोगका बाबजुद स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) ले जुन जनमत प्राप्त गरेको छ, यो अध्यक्ष केपी शर्मा ओलीको सक्रिय, दृढ र प्रभावकारी नेतृत्वका कारण नै सम्भव भएको हो । यस तथ्यलाई बुझेरै हुनुपर्छ, टाउकोमा प्रहार गरेर शरीरलाई स्वतः शिथिल बनाउन सकिन्छ भनेर विरोधीहले नेकपा (एमाले)को नेतृत्वमाथि प्रहार गरिरहेका छन् ।

निर्वाचनको अन्तिम परिणाम आउनै बाँकी छ । तथ्यांक अगाडि राखेर, सामूहिकरुपमा बसेर आत्मसमीक्षा गरिन्छ, उपलब्धिप्रति गर्व गरिन्छ, कमी–कमजोरी हटाइन्छ, लडेको ठाउँमा धूलो टक्टक्याइन्छ, प्रतिक्रियावादीहरुका षड्यन्त्रहरुलाई पराजित गरिन्छ र अध्यक्ष केपी ओलीको नेतृत्वमा नेकपा (एमाले)लाई मुलुकको पहिलो शक्तिका रुपमा स्थापित गरिन्छ । अहिले गठबन्धन गरेर पनि एमालेलाई चाहे जसरी हराउन नसकेका कांग्रेस र माओवादी आउँदो चुनावमा पार्टी एकता गरेरै आएछन् भने पनि पराजित गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot