Logo

विराटनगरमा नागेशको अग्रता कायमै, उपप्रमुखमा कार्की अगाडी



विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिकाकाको जारी मतगणनामा गठबन्धन दलका साझा उम्मेदवार नागेश कोइरालाले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका कोइरालाले १९ हजार १७३ मत प्राप्त गरेका हुन् ।

उनलाई पछ्याउदै निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका सागरकुमार थापाले १४ हजार ३३८ मत ल्याउँदा स्वतन्त्रका उमेशकुमार यादवले ६ हजार १८७ मत र राप्रपाका प्रहदप्रसाद साह हलुवाईले ३ हजार ४५७ मत ल्याएका छन् ।

महानगरको उपप्रमुखमा एमालेकी शिल्पा कार्कीले अग्रता लिइरहेकी छिन् । उनले १६ हजार ५५२ मत ल्याउँदा जसपाका अमरेन्द्र यादवले ९हजार ८१५ मत ल्याएका छन् । र राप्रपाका विन्दाकुमारी लुइटेल आचार्यले ४ हजार ४९३ मत ल्याएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्