Logo

हेटौडा उपमहानगरमा लामा ९७२ मतले अगाडी, उपप्रमुखमा बानियाँको अग्रता



हेटौडा, ५ जेठ । हेटौडा महानगरपालिकाको जारी मतणनाअनुसार गठबन्धन दलको साझा उम्मेदवार मीनाकुमारी लामाले ९ सय ७२ मतान्तरले अग्रता लिइरहेका छन् ।

नेकपा एकीकृत समाजवादीकी लामाले पछिल्लो मतपरिणाम अनुसार १५ हजार ५५१ मत ल्याएकी छिन् । उनलाई पछ्याउँदै निटकतम प्रतिद्धन्द्धी अनन्त प्रसाद पौडलले १४ हजार ५४० मत प्राप्त गर्दा राप्रपाका दिपक बहादुर सिंहले १३ हजार ९ सय ८८ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरतर्फ पनि गठबन्धनके उम्मेदवार राजेश बानियाँले सर्वाधिक मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका बानियाँले प्रमुखले भन्दा बढी मत २० हजार ६०६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै एमालेकी सुमित्रा काफ्लेले १५ हजार २६० मत ल्याएकी छिन् । त्यस्तै राप्रपाकी इन्दिरा न्यौपानेले ३२ सय ५५ मत ल्याएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्