Logo

धरानमा लौरो र रुखमध्ये कस्ले मार्ला बाजी



काठमाडौं, ५ जेठ । धरान उपमहानगरपालिको मतगणना रोचक बन्दै गएको छ । मेयरमा लौरो चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले झीनो मतले अग्रता लिइरहेका छन् । त्रीपक्षीय प्रतिष्पर्धामा थोरै मतले मात्र जीतहार हुने देखिएको छ ।

हालसम्म २९ हजार ७६४ मत गणना भइसक्दा साम्पाङले १७९ मतले अग्रता बनाएका छन् । सुरुवाती चरण देखिनै अग्रता लिएको गठबन्धन दलका उम्मेदवारलाई १४ मतले उछिन्दै अघि बढेका सम्पाङले मतान्तर बढाउदै गएका छन् ।

पछिल्लो मत परिणाम अनुसार साम्पाङले ८६१६ मत प्राप्त गर्दा नेपाली काँग्रेसका किशोर राईले ८४३७ मत प्राप्त गरेका छन् ।

एमालेकी उम्मेदवार मञ्जु भण्डारी ९सुवेदी० ले भने ६८९५ मत प्राप्त गरेकी छिन् ।

यसै गरी, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले ९५२० मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार पदम इस्वोले ९१६२ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot