Logo

धनगढी उपमहानगर : कांग्रेसका वडलाई ७ हजार ५१ मतले पछि पार्दै हमाल



काठमाडौं, ५ जेठ । धनगढी उपमहानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ७ हजार ५१ मतान्तरले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार हमालले १३ हजार ८२३ मत ल्याएका हुन् ।

उनलाई पछ्याउँदै नेपाली कांग्रेसका नृपबहादुर वडले ६ हजार ७७२ मत प्राप्त गरेका छन् । एमालेका रणबहादुर चन्दले ३२ सय १७ र नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरीले ३५२ मत ल्याएका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले ६१ सय ८१ मतसहित अग्रस्थानमा छिन् भने एमालेकी कन्दकलाकुमारी रानाले ५४ सय ५५ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३३ सय ५७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्