Logo

काठमाडौंमा बालेनले फेरी बढाए मतान्तर



काठमाडौं, ५ जेठ । शनिबारदेखि जारी मतगणनामा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् ।

५८ हजार ८ सय ५० मतगणना हुँदा बालेनले २२ हजार ८४२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत प्राप्त गरेका छन। स्थापित भन्दा बालेन ११ हजार ७३ मत अन्तरले अगाडी छन् ।

स्थापितलाई पछ्याउँदै नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९८६ मत ल्याएकी छिन् ।

त्यस्तै, उपप्रमुखमा एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत ल्याएर अग्रता लिइरहेकी छिन् । भने उनलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका बिनिता मगैयाले ३४ सय ४९ मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्