Logo

जेलमै बसेर रेशम चौधरीले आफ्नालाई चुनाव जिताए



काठमाडौं, ५ जेठ । रेशम चौधरी टीकापुर घटनाको अभियुक्तका रुपमा कारागारमा छन् । उनकी पत्नी रञ्जीता श्रेष्ठ चौधरी नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गत वर्ष मात्र स्थापना भयो । तर, यसपटक स्थानीय निकायको चुनावमा उक्त पार्टी कैलालीमा मजबुत देखिएको छ ।

पार्टीको नेता जो भएपनि रेशम चौधरी नै अघोषित नेता हुन् । उनले जेलमा बसी बसी उम्मेदवार तयार गरे, कार्यकर्ता खटाए र चुनाव पनि जिताए ।
टीकापुर नगरपालिकामा रेशमको दलले मेयर जितेको छ । जोशीपुर गाउँपालिकामा पनि अध्यक्ष जितेको छ । जानकी गाउँपालिका र भजनी नगरपालिकामा पनि रेशमकै दलको अग्रता छ । वडाहरुमा पनि रेशमकै दलले धमाधम जित निकालेको छ ।

कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीले सपथ खाएपनि निलम्बित अवस्थामा छन् । उनीमाथि टीकापुरमा प्रहरी मारिएको घटनाको अभियोग छ ।



प्रतिक्रिया दिनुहोस्