Logo

धादिङको निलकण्ठ–६ मा गोला तान्न उम्मेदवारलाई हिरासतबाट ल्याइयो



धादिङ, ५ जेठ । नीलकण्ठ–६ मा नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले समान मत ल्याएपछि गोलाप्रथाबाट उम्मेदवार निर्वाचित भएका छन् । गोलाप्रथाबाट कांग्रेसका उम्मेदवार भुपेन्द्रकुमार श्रेष्ठ विजयी भएका हुन् ।

हिरासतबाट माओवादीका उम्मेदवार लक्ष्मण रम्तेललाई गोलाप्रथाबाट टुंगो लगाउन लैजादा बेहोस भएपछि आज बिहान मात्र विजयी घोषणा गरिएको हो । उनीहरुले दुवैले समान ७ सय ५८ मत ल्याएका थिए ।

वडाध्यक्षमा प्रत्यासीहरुको बराबर मत आएका कारण विजेता घोषणा गोला प्रथा विधिको प्रयोग गरिएको हो । गत बैशाख २८ गते कांग्रेसका उम्मेदवारहरुलाई आक्रमण गरेको अभियोगमा उम्मेदवार रम्तेलसहित ४ जना प्रहरीको हिरासतमा छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot