Logo

कांग्रेस र माओवादीको विरोधपछि सिरहामा मतगणना स्थगित



सिरहा, ५ जेठ । सिरहाको औरही गाउँपालिकाको मतगणना अबरुद्ध भएको छ । गाउँपालिकाको ५ नम्बर वडाको मतपेटिका सुरक्षण सील भाचिँएको फेला परेपछि विवाद सुरु भएको हो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएपछि गणना रोकिएको हो ।

विवाद मिलाउन सर्वदलिय बैठक बसेको छ । औरहीम ३ वटा वडाको मत गणना भइसकेको छ भने २ वटाको मतगणना जारी रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्