Logo

तनहुँको ब्यासमा स्वतन्त्र उम्मेदवार दीपकराज ५९७ मतले अगाडी, उपप्रमुखमा कांग्रेसकी दरैको अग्रता



दमौली, ५ जेठ । तनहुँको ब्यास नगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ५ सय ९७ मतान्तरले अग्रता लिइरहेका छन् । पछिल्लो मतगणना अनुसार ३ हजार ६७६ मत गन्दा जोशीले १ हजार ७ सय ९३ मत ल्याएर लिड गरिरहेका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका वैकुण्ठनाथ न्यौपानेले १ हजार १९६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी इन्दिरा दरैले १४ सय ८ मत प्राप्त गरेकी छिन् भने उनलाई पछ््याउदै नेकपा एमालेका उम्मेदवार बसुन्धरा घर्तीले १३ सय ९४ मत ल्याएकी छिन् ।

न्यौपाने ब्यासका निवर्तमान मेयर हुन् । उनी कांग्रेसका नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिनमा ब्यास–८ मा दिपकराज जोशीमाथि पौडेल समुहले आक्रमण गरेको थियो । जोशी अहिले काठमाडौंमा एक अस्पतालमा उपचाररत छन् ।



प्रतिक्रिया दिनुहोस्