Logo

भरतपुरमा विजयलाई ३२१४ मतान्तरले पछि पार्दै रेनु दाहाल



भरतपुर, ५ जेठ । भरतपुर महानगरपालिकामा हालसम्म ४२ हजार ४५३ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता लिइरहेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार दाहालले १६ हजार १२३ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले १२ हजार ९०९ मत प्राप्त गरेको छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ६४७ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १८ हजार ६१८ मत ल्याएर अग्रता कायम गरेका छन् । राप्रपाकी हिमला गुरुङले १० हजार ३७५ मत प्राप्त गरेकी छिन् ।

महानगरमा १ लाख २७ हजार ५६६ मत खसेको मत मध्ये ४२ हजार ४५३ गणना भइसकेको हुँदा अब ८५ हजार ११३ मत गणना गर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot