Logo

इटहरी उपमहानगरमा गठबन्धनको अग्रता, उपप्रमुखमा एमाले अगाडी



इटहरी, ६ जेठ । इटहरी उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका पौडेलले २३ हजार ६७७ मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका यामकुमार चुङ्गवाङ सुब्बाले १९ हजार ९९५ मत प्राप्त गरेका छन् । त्यस्तै, राप्रपाका आकाश हाङ लिम्बुले २ हजार ३६१ मत ल्याएर तेस्रो स्थानमा छन् ।

त्यस्तै, उपप्रमुखमा एमालेकी संगीताकुमारी चौधरीले २२ हजार ९७७ मत ल्याएर अग्रता लिइरहेकी छिन् भने उनलाई पछ्याउँदै गठबन्धनका उम्मेदवार केशवकुमार विष्टले १३ हजार ४७९ मत ल्याएका छन् । त्यस्तै, राप्रपाकी बबिता कुमारी चौधरीले २ हजार ९५७ मत ल्याउँदा जसपाकी यमुना गुरागाईले १०३ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot