Logo

हेटौडा उपमहानगरमा एकीकृत समाजवादीकी मीना लामा जित नजिक



हेटौडा, ६ जेठ । हेटौडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलकी साझा उम्मेदवार मीनाकुमारी लामाले २ हजार १०१ मतको अग्रतासहित जित नजिक पुगेकी छिन् ।

६७ हजार ४४३ मतगणना गर्दा नेकपा एकीकृत समाजवादीकी लामाले २१ हजार ८ सय २ मत ल्याएकी हुन् । दोस्रो स्थानमा रहेका एमालेका अनन्तप्रसाद पौडेलले १९ हजार ७०१ मत पाउँदा राप्रपाका दिपक बहादुर सिंहले १९ हजार १३७ मत ल्याएर

तेस्रो स्थानमा छन् । पौडल र सिंहबीच ५६४ मतान्तर छ । उपमहानगरमा कुल ७३ हजार ४४३ मत खसेको थियो । १५ वटा वडाको मतपरिणाम आइसकेको छ जसमा कांग्रेसले ८ वडामा जित हासिल गरेको छ भने ६ वटामा एमालेले जितेको छ ।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ जित नजिक पुगेका छन् । उनले २६ हजार ४४६ मत ल्याउँदा एमालेका सुमित्रा काफ्लेले १९ हजार १०२ मत प्राप्त गरेकी छिन् । त्यस्तै, राप्रपाका इन्दीरा न्यौपानेले ४ हजार २१४ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot