Logo

फेरियो शिक्षक र कर्मचारीको पोसाक



काठमाडौं, जेठ ७ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो ।

केन्द्रले सबै पालिकाहरूका लागि सूचना प्रकाशित गर्दै परिवर्तन गरिएअनुसारको पोसाक चालू शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रले ७ सय ५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई परिवर्तन गरिएको पोसाक कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

केन्द्रले शिक्षक महासंघको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोसाक परिवर्तन गरिएको जनाएको छ ।

परिवर्तन गरिएको पोसाकमा महिला पुरुषका लागि गाढा खैरो रङको सुट (कोट पाइन्ट), हल्का निलो रङको सर्ट, मौसमअनुसारको गाढा खैरो ज्याकेट कलेजी स्वेटर र कालो जुत्ता राखिएको छ । साडी ब्लाउज कुर्था सुरुवालमा भने रङ परिवर्तन नगरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्