काठमाडौं, जेठ ७ । आठ वर्षअघि यौन हिंसाबाट पीडित किशोरीको पक्षमा आजपनि काठमाडौंको प्रदैशन सुरु भएको छ ।
राजधानीको माइतीघर मण्डलामा जारी प्रदर्शनमा सहभागीहरुले यौन हिंसाका घटनाको हद म्याद हटाउनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिरहेका छन् ।
यसअघि शुक्रबार पनि बालुवाटारमा किशोरीको पक्षमा प्रदर्शन भएको थियो। शुक्रबार प्रतिनिधि सभामा पनि किशोरीको न्यायको आवाज उठेको थियो। सभामुखले पनि घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन्।