Logo

दिपकबहादुर सिंहले भनेः हेटौंडाका जनताले मलाई ऋण लगाए, म तिर्न लाग्नेछु



काठमाडौं, ७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका हेटौंडा उपमहानगरपालिकाका मेयरका पराजित उम्मेदवार दिपकबहादुर सिंहले आफूलाई जनताले ठूलो ऋण लगाएको बताएका छन् । उनले आफूले ऋण तिर्न हेटौंडामा बसेर काम गर्ने र नसके परिवार र पार्टीले तिर्ने बताए ।

सामाजिक सञ्जालमा सन्देशमार्फत् सिंहले नगरको विकास, नगरवासीको उन्नति र प्रगतिका लागि नयाँ आशाको किरण झुल्किएको आशा व्यक्त गरे । उनले नगरवासीसँग आफ्नो पवित्र गठबन्धन रहेको बताए ।

आफूलाई २० हजार ५२५ मत दिएको बताउँदै भने,’म सधैं हेटौंडाका नागरिकको ऋणी भएको छु । यो विश्वासलाई जीवनमा कहिले मर्न दिने छैन ।’

आफू ऋण तिर्नका लागि मकवानपुरमै बसेर जनताको सेवा गर्ने बताउँदै भने, ‘कथंकदाचित् मैंले यो ऋण तिर्न नसके मेरो परिवार र पार्टीले तिर्नेछ ।’



प्रतिक्रिया दिनुहोस्