Logo

उपेन्द्र यादवलाई चुनावी क्षेत्रमा धक्का लाग्यो, अबको चुनावमा कुन क्षेत्र रोज्लान्



काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव विराटनगर महानगरपालिकाको उपमेयरमा पराजित भएका छन् । गठबन्धनबाट काँग्रेसका मेयरका उम्मेदवार नागेश कोइराला विजयी हुँदा अमरेन्द्र ठूलो मतान्तरले पराजित भए । यसले उपेन्द्र यादवलाई निकै ठूलो झड्का दिएको छ ।

यता उपेन्द्र यादवको चुनावी क्षेत्र सप्तरीमा पनि जसपालाई धक्का लागेको छ । यादवले मतदान गरेको आफ्नो चुनावी क्षेत्रको वार्ड नंबर २ मा जनमत पार्टीले वार्ड अध्यक्ष सहित प्यानल जितेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीको यो विजयलाई अर्थपूर्ण मानिएको छ ।

उपेन्द्रको चुनावी क्षेत्र अन्तर्गत रहेको महदेवा गाउँपलिकामा लोसपाले जीत हात पारेको छ । यहाँ जसपाको उम्मेद्वार तेस्रो स्थानमा पुगे ।

उनको चुनावी क्षेत्रमा रहेको तिलाठी कोइलाड़ी गाउपलिकामा नेपाली कांग्रेस विजयी भएको छ। जसपाका उम्मेदवार तेस्रो स्थानमा पुगे ।
उपेन्द्रको संसदीय क्षेत्र रहेको छिन्नमस्तामा पनि जसपालाई हराउँदै लोसपाले चुनाव जितेको छ । उपेन्द्रको चुनावी क्षेत्रमा रहेको एकमात्र नगरपालिकामा मात्रै जसपाका उम्मेदवार भीमराज यादव विजयी भएका छन् ।

आफ्नो क्षेत्र गुमाए पछि अब उपेन्द्र यादव अर्को सुरक्षित क्षेत्रको खोजीमा रहेको बुझिएको छ । दोस्रो संविधान सभामा मोरंगबाट पराजित उपेन्द्रले सुनसरीबाट जीत हात पारेका थिए।

संविधान जारी भए पछि सुनसरीमा पनि स्थिति राम्रो नभएर उनले सप्तरी रोजेका थिए। आफ्नो जीत सुनिश्चित गर्नको लागि मात्रै उनले तत्कालीन राजपासँग चुनावी तालमेल गरेका थिए । तर, यसपालीको स्थानीय चुनावमा जसपाले उपेन्द्रकै चुनावी क्षेत्रमा पालिका गुमाएपछि तरंग नै आएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot