Logo

बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकको ब्राण्ड एम्बेस्डरमा हरिवंश आचार्य नियुक्त



काठमाडौं, ८ जेड । नेपालमा बीवाइडीको आधिकारिक वितरक कम्पनी साइमेक्स इंकको ब्राण्ड एम्बेस्डरमा बरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्य नियुक्त भएका छन् । कम्पनीले हिजो (शनिबार) एक कार्यक्रमको आयोजना गरि आचार्यलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कम्पनीकी एम.डी. यमुना श्रेष्ठ र कलाकार आचार्यले उक्त सम्झौता पत्रमा हस्तार गरेका हुन् ।

उनले आफू ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै खुशी व्यक्त गरे । उनले विश्वभर नै विद्युतीय सवारीसाधनको प्रयोग ब्यापक बन्दै गएको अवस्था उल्लेख गर्दै नेपालमा पनि यसलाई बढावा दिईनुपर्नेमा जोड दिए । उनले भने-“पृथ्वीलाई नै प्रदुषण चुनौती बन्दै गएको समयमा मैले बीवाइडीसँग सहकार्य गर्ने मौका पाएकोमा अत्यन्त खुशी छु । मेरो सहकार्यले प्रदुषणरहित गाडीको संख्या सडकमा बढ्न सकोस् ।”

नेपाली कलाकारीताको क्षेत्रमा लामो समयदेखि सक्रिय आचार्य एउटा कलाकार मात्र नभई सामाजिक अभियन्ताको रुपमा आफ्नो छवि निर्माण गर्न सफल भएका छन् । आचार्यको सहकार्यमा बीवाइडीले आफ्नो ब्राण्ड नेपालमा प्रचारप्रसार गर्नेछ । कम्पनीले त आचार्यसँगको सहकार्यले नेपालमा विद्युतीय क्रान्ति नै ल्याउने उद्देश्य लिएको विश्वास दिलाएको छ ।



प्रतिक्रिया दिनुहोस्