Logo

१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण



काठमाडौं, जेठ ९। सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो समयमै १३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न सफल भएको छ ।

वातारणमैत्री सवारीसाधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले कम्पनीले एक महीनाअघि सवारीसाधनलाई विद्युतीयमा परिणत गर्ने काम थालेको थियो ।

यस अवधिमा कम्पनीले १ हजार ३२८ ओटा विद्युतीय सवारीसाधन तयार गरेको छ । कम्पनीले उपत्यकाभित्रका लागि काठमाडौंको धुम्बाराही र उपत्यका बाहिरका लागि बुटवलको कालिकानगरमा रहेका आफ्नै एसेम्बल प्लान्टबाट मोटरसाइकल र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्दै आएको छ ।

विदेशबाट पार्टपुर्जा आयात गरी विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्देश्यले सुन्दर अटोले करीब १ अर्ब लागतमा २ वर्षपहिले नै बुटवलको कालिकानगरमा एसेम्बल प्लान्ट स्थापना गरेको थियो ।

पेट्रोलियम पदार्थबाट चल्ने बाइक, स्कुटर र कारलाई समेत विद्युतीयमा रूपान्तरण गर्ने उद्देश्य राखेको कम्पनीले हाललाई दुईपांग्रे सवारीसाधनमा मात्र काम गर्दै आएको छ । केही महीनाभित्रै चारपांग्रे गाडी पनि विद्युतीयमा रूपान्तरण गर्न शुरू गरिने कम्पनीले बताएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot