काठमाडौं, ९ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको अग्रता फराकिलो भएको छ । अहिलेसम्म १ लाख १३ हजार ७ सय ७७ मत गणना हुँदा दाहालले ४५ हजार ८ सय ८७ मत ल्याएकी छिन् । एमालेका विजय सुवेदीले भने ३४ हजार ९ सय ९३ मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले १३ हजार ९ सय ३७ मत ल्याएका छन् । उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९ सय १३ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २७ हजार ५ सय ५५ मत ल्याएकी छिन् ।