Logo

पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, विजयी जुलुसको तयारीमा समर्थक



काठमाडौं, जेठ १० ।  स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २२६ मतमध्येमा आज बिहानसम्म एक लाख ३८ हजार २११ मतगणना सकिएको छ ।

अब पाँच हजार १५ मतगणना बाँकी छँदा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले पाँच हजार २८६ मतको अग्रता बनाएका छन्। उनले गणना बाँकी रहेको मतभन्दा बढीको अग्रता बनाएपछि समर्थकहरूले विजयी खुसीयाली मनाउँदै विजयी जुलुसको तयारी गरेका छन् ।

हालसम्म प्रमुखका उम्मेदवार आचार्यले ५६ हजार ४७१ मत प्राप्त गरेकामा उनका निकटतम् प्रत्यासी नेकपा (एमाले)का कृष्णबहादुर थापाले ५१ हजार १८५ मत ल्याएका छन् ।

यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले सत्ता गठबन्धनका उम्मेदवारलाई चार हजार ३५ मतान्तरले पछाडि पारेका छन् । गुरुङ ५८ हजार ५८२ मतसहित विजय नजिक पुग्दा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन्। पोखरा महानगरपालिका वडा नं २२, ३२ र ३३ को आंशिक मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot