Logo

काठमाडौंमा बालेनको अग्रता कायमै, सायमी चौथो र श्रेष्ठ पाँचौ स्थानमा



काठमाडौं, १० जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार साहले ४८ हजार ९ सय २२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार मत ल्याएकी छिन् । सिर्जना भन्दा बालेन १८ हजार ८९७ मतले अगाडी छन् ।

त्यस्तै, नेकपा एमालेका केशव स्थापितले २९ हजार १५९ मतसहित तेस्रो स्थानमा छन् । भने स्वतन्त्र उम्मेदवार सुमन सायमी ६१ सय ९३ मत ल्याएर चौथो स्थानमा हुँदा राप्रपाका मदनदास श्रेष्ठले २९ सय ९६ मत प्राप्त गरेका छन् । विवेकशीलकी समीक्षा बास्कोटाले ३४४ मत ल्याएकी छिन् ।

त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले ४६ हजार ३४७ मत ल्याएर अग्र स्थानमा छिन् । उनलाई पछ्याउदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६ हजार २८३ मत ल्याएका छन् भने राप्रपाका बिनिता मगैयाले ८ हजार ६२१ मत ल्याएका छन् । यसैगरी, स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६ हजार ४५४ मत पाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot