Logo

त्रिभुवन पार्कको जग्गा भाडामा लगाएपछि कारबाही अगाडि बढाउने तयारीमा पर्यटनमन्त्री श्रेष्ठ



काठमाडौं, १० जेठ । त्रिभुवन पार्कको सरकारी जग्गा एनजिओले कौडीको भाउमा भाडामा दिएको बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ तातिएका छन् । शहीद स्मारक प्रकृति प्रतिष्ठान नामको एनजिओले त्रिभुवन पार्कको जग्गा फन पार्क बनाउन कौडीको भाउमा भाडामा लगाएको पाइएपछि पर्यटनमन्त्री श्रेष्ठ कारबाही प्रक्रिया अगाडि बढाउने तयारीमा जुटेका हुन् ।

पर्यटनमन्त्री श्रेष्ठले त्रिभुवन पार्कको जग्गा निजी कम्पनीलाई भाडामा दिएको विषयमा छानबिन गरिने स्पष्ट पारे । यो विषयमा चाँडै निर्णय गरिने उनको भनाइ छ । त्रिभुवन पार्कको जग्गा कौडीको भाउमा भाडामा लगाएको विषय पर्यटनमन्त्री श्रेष्ठले पर्यटन मन्त्रालयका सचिव मदन कोइराला र आयोजना प्रमुख बिष्णु भण्डारीसँग पार्कको जग्गा निजी कम्पनीले भाडामा लगाएको विषयमा छलफल गरेका छन् ।

शहीद स्मारक प्रकृति प्रतिष्ठान नामको एनजिओले अनधिकृत रुपमा निजी कम्पनी श्री एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एण्ड ट्रेड कन्सर्न प्रालीलाई कौडीको भाउमा भाडामा लगाएको हो । प्रति रोपनी मासिक ९ हजार १५० पाउने गरी उक्त एनजिओले त्रिभुवन पार्कको ५० रोपनी सरकारी जग्गा २० वर्ष उक्त निजी कम्पनीलाई भाडामा दिएको हो ।

अवैध प्रक्रियाबाट उक्त जग्गा भाडामा दिएको सुन्नमा आएको भन्दै मन्त्री श्रेष्ठले यस विषयमा गम्भीर छलफल भएको जानकारी दिए । त्रिभुवन पार्कको स्वामित्वमा ल्याउने प्रक्रियाकोबारेमा समेत आवश्यक जानकारी लिएको उनको भनाइ छ ।

अनधिकृत रूपमा एनजिओमार्फत कौडीको भाउमा वितरण गरिएको जग्गाको सम्झौता रद्द गर्नको लागि सम्बन्धित निकायमा पुगी भ्रष्ट आचरण भएका व्यक्ति वा संस्थालाई कारबाही प्रक्रिया अगाडि बढाई दण्डित गराइने व्यहोरा पनि अवगत गराउछुु, मन्त्री श्रेष्ठले भने । त्रिभुवन पार्कको जग्गा भाडामा लगाउने विषयमा तत्काल आवश्यक कदम चालिने मन्त्री श्रेष्ठको संकेत छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot