Logo

पोखरा महानगरका १८ र ३१ वडामा पुनः मतगणना गर्न माग



पोखरा, १० जेठ । पोखरा महानगरपालिकाका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गरिएको छ । नेकपा एमालेले १८ र ३१ वडामा मत कम भएको भन्दै पुनः मतगणना गर्न माग गरेको हो ।

एमालेले १९ वडामा ९ र ३१ वडामा ३ मत कम आएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो । यी दुवै वडामा एमाले पराजित भएको छ भने नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्