Logo

विद्यालयमा गोली चल्दा शिक्षकसहित १९ जनाको मृत्यु



काठमाडौं, जेठ ११ । अमेरिकाको टेक्सासमा रहेको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा कम्तीमा १८ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ ।

रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको हो ।
उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् ।

प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको जनाइएको छ ।राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot