एजेन्सी, ११ जेठ । पाकिस्तानमा गैर मुस्लिमहरुलाई कम ज्यालामा काम लगाउने गरिएको रिपोर्ट सार्वजनिक भएको छ । गैर मुस्लिमहरुमाथि विभेद गरिएको विषयहरु बाहिर आइरहँदा सरकारी निकायमै आधाभन्दा बढी अल्पसंख्यकका लागि सुनिश्चित गरिएको सिट समेत खाली रहेको खुलेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले यूरोपेली यूनीयनको सहयोगमा तयार पारेको अनइक्वेल सिटिजन्सः इन्डिङ सिस्टमिक डिस्क्रिमिनेशन एगेन्स्ट माइनोरिटिजमा जागिरको सुरक्षा, कामको वातावरण नभएको, अपर्याप्त साधन र कामदारको मृत्यु भएमा पाउनुपर्ने क्षतिपूर्ति कम भएको विषयलाई उल्लेख गरिएको छ । ८० प्रतिशत गैर मुस्लिम विभेदकारी श्रमको चपेटामा परेको जनाइएको छ ।
रिपोर्टले अल्पसंख्यकका लागि कामको सुनिश्चितता र सुरक्षामा जोड दिएको छ । पाकिस्तानमा कामदारहरुको मानवअधिकार हननको गम्भीर उल्लंघनको विषय पनि उल्लेख छ ।
पछिल्लो समय पाकिस्तानमा अल्पसंख्यकमाथि विभेद र हिंसाका घटना बढेका छन् । त्यहाँ अल्पसंख्यक गैरमुस्लिमको अपहरण र जर्बजस्ती विवाहमा वाध्य पार्ने घटनाहरु बढेका छन् । पाकिस्तानमा अल्पसंख्यक गैरहिन्दूको जनसंख्या घट्दो छ ।