Logo

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच अन्तरआवद्धताको लागि सम्झौता



काठमाडौं, ११ जेठ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तरआवद्धताको लागि सम्झौता भएको छ।

यी दुवै संस्था नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त संस्था हुन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा फर्स्ट पे को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालबीबच सम्झौतामा हस्ताक्षर तथा आदान प्रदान भएको थियो।

एससीटी यूपीआई कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्तानी सुबिधा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र युनियन पे मा आबद्ध भुक्क्तानी संयन्त्र मार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फर्स्ट पे टेक्नोलोजिज बिच भएको एस सम्झौताले मुलुकको समग्र डिजिटल भुक्तानी प्रणालीको विकास तथा प्रबन्धनमा टेवा पुग्ने आशा लिइएको छ।

नेपाल राष्ट्र बैंकद्वारा मिति २०७८।१०।२१ मा जारी गरेको परिपत्र मार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो।

यस सम्झौता पश्चात फस्र्ट पे क्यूआरको सुबिधा लिएका विभिन्न ब्यापार—व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिँदै आएका व्यापार—व्यवसायले फर्स्ट पे नेटवर्कमा आबद्ध ग्राहकहरू मार्फत पनि भुक्तानी लिन मिल्ने भएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot