काठमाडौं, ११ जेठ । बीमा समितिले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार बहादुर खत्रीको प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको प्रस्तावलाई समितिले स्वीकृति गरेको हो ।
कम्पनीको संचालक समितिको वैठकले खत्रीलाई दोस्रो कार्यकालका लागि नियूक्त गरेको थियो । उक्त प्रस्ताव बीमा समितिले आज स्वीकृत गरेसँगै आगामी उनको कार्यकाल चार बर्षको हुनेछ ।