Logo

तनहुँको व्यासमा पुनः मतगणना गर्न जोशीको माग



काठमाडौं, ११ जेठ । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा करीब साढे २ सय मतले पराजित भएका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले पुनःमतगणनाको माग गरेका छन् ।

जोशीले मतगणनामा निष्पक्ष नभएको भन्दै आज दमौलीमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगमा पुनःमतगणना गर्न निवेदन दिने जानकारी गराएका हुन् ।

उनले १ देखि ८ वडासम्म आफुले जितेको परिणाममा सुनाइएको र ९ देखि १४ वडासम्म विपक्षको योजनामा षड्यन्त्रपुर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको आरोप लगाएका छन् ।

कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका जोशीलाई नेकपा एमालेले समर्थन गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot