Logo

बालेन शाह, हर्क साम्पाङ जस्ता निष्ठावान व्यक्तिहरु चुनिनु पैचौंको राजनितीक प्रणालीको अन्त्यः डा.सन्दुक रुईत



काठमाडौं, जेठ ११ । आँखा रोग विशेषज्ञ डा सन्दुक रुईतले वालेन शाह, हर्क साम्पाङ जस्ता निष्ठावान तथा सकारात्मक सोच भएका व्यक्तिहरु चुनिनु आशालाग्दो कुरा भएको बताएका छन् ।

समाजिक सञ्जालमा लेख्दै उनले भनेका छन, ‘प्रजातन्त्रको सुन्दरता निर्वाचन हो । निर्वाचनमा जनप्रतिनिधि भनेका जनताको लगानी हो, जनताको विश्वास हो । जनताले चुनेका सहि व्यक्ति समाज प्रति निष्ठावान, देशप्रेमी, जनकल्याणकारी, आफ्नो क्षेत्र र समग्र देशलाई नै सहि दिशमा फड्को मार्न सक्ने टिम निर्माण गर्न सक्ने प्रतिनिधि हुन । राजनितीक पार्टी एवं संस्था भनेका यहि उद्देश्यको लाई सहि माध्यम भए पनि केहि दशकको अनुभव अत्यन्तै निराशाजनक छ, पैचौंको राजनितीक प्रणालीवाट पिडित भइ देश र जनतामा नकारात्मक असर परेको छ । यस पाली जनताले सहि मानेमा कमसेकम वालेन शाह, हर्क साम्पाङ्ग जस्ता निष्ठावान तथा सकारात्मक सोच भएका व्यक्तिहरु चुनिनु आशालाग्दो कुरा हो साथै काठमाण्डौवासीले देखाएको सहि समावेशीताको मर्म सवैले आत्मसात गरुन । यसपालीको चुनावको भावना अन्य स्थानमा पनि निरन्तरता पाओस् क्रमभंगता शुरु होस् । नेपाली जनताको कल्याण होस् ।’



प्रतिक्रिया दिनुहोस्