काठमाडौं, ११ जेठ । राजापुर नगरपालिकाका मेयर दिपेश थारुले पदबहाली गरेलगत्तै महत्वपूर्ण कदम चालेका छन् । उनले दलको राजनीतिमा लागेका शिक्षकहरुलाई ७ दिने अल्टिमेटम दिएर राजनीतिक या शिक्षण पेशामध्ये एक रोज्न भनेका छन् ।
मेयर थारुले प्रचलित शिक्षा ऐनमा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनैनिक दलमा संलग्न रही सक्रिय रुपमा कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरण विपति कार्य गर्ने सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पदबाट राजीनामा दिन लगाउन भनेका छन् । उनले सात दिनभित्र राजीनामा कार्यालयमा पेश गर्न समेत भनेका छन् ।