११ जेठ, सोलुखुम्बु । डबल डिग्री गरेकी विना राईले लोकप्रियता मतसहित पालिका उपाध्यक्ष जितेकी छिन् । उनले प्रतिस्प्रर्धीसँग ११२५ मतान्तरले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका उपाध्यक्ष जितेकी हुन् । नेचासल्यानका उपाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवार सृजना राईले १७८१ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार विना राईले २९०६ मत पाइन् ।
सृजना र विनाबीचको मतान्तर ११२५ देखियो । यो मतान्तरले विनालाई भारी मतले नेचासल्यानीले विश्वास गरेको पाइन्छ । जबकी, कांग्रेसका अध्यक्षका उम्मेदवार धनजन राईले २५६९ मत पाए । विनाको मत अध्यक्ष राईको भन्दा पनि २५६ ले बढि हो ।
चुनावी मतपरिणामलाई निहाल्दा पत्रकारितामा दशक बढिको अनुभव बटुलेर सक्रिय राजनीतिमा होमिएकी विनालाई मतदाताले विश्वास गरेको देखिन्छ । विनाले पाएको प्रतिस्प्रर्धी सँगको मतान्तर मत पुर्वी नेपालकै लोकप्रिय मत हो । विना राई नेचासल्यान ४ मा जन्मे हुर्केकी हुन् । डबल डिग्री गरेकी विनालाई उपाध्यक्षमा समक्ष नेतृ मानिएको छ ।
२०६४ सालमा नेपाल विद्यार्थी संघको महाधिबेशन प्रतिनिधि बनेकी राई २०६६ मा नेपाल प्रेस युनियनको केन्द्रीय महाधिबेशन प्रतिनिधि, २०६८ मा प्रेस युनियनका जिल्ला उपाध्यक्ष बनिन् । २०६९ मा एनिसिडिपी कार्यक्रम सोलुखुम्बुको संयोजक बनेर काम गरेकी उनले २०७२ स्थानीय निकाय अनुगमन परियोजनाको जिल्ला संयोजक भएर अनुभव बटुलेकी छिन् ।
२०७८ मा नेपाल पत्रकार महासंघ सोलुखुम्बुको उपाध्यक्ष बनेकी राई २०७८ मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित बनिन् । नेपाली कांग्रेसको १४ औँ महाधिबेशनमा क्षेत्रीय प्रतिनिधि बनेकी उनी २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसकाबाट नेचासल्यान गाउँपालिकाको उपाध्यक्षमा लोकप्रिय मतसहित विजयी बनिन् ।
शिक्षित युवा पालिकाको नेतृत्वमा पुग्दा योजना तर्जुमा र कार्यान्वयन उपलब्धिमूलक बन्ने मतदाताको विश्वास देखिन्छ । योजना अनुगमन, न्याय सम्पादन लगायतको मुख्य जिम्मेवारी रहने पद पालिका उपाध्यक्षमा निर्वाचित राईले भष्ट्राचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएकी छिन् भने चेली बचत, सुत्केरी सेवा प्रभावकारी बनाउने, महिला हिंसा पालिका घोषणा गर्ने, गृहणीलाई उद्यमी बनाउने, किशोरीलाई निशुल्क प्याड वितरण, घरघरमा विद्युतीय चुल्हो, पारदर्शीता र जवाफदेहीका लागि सार्वजनिक सुनुवाई गर्ने लगायतका ग्रामिण जीवनसँग जोडिएका योजना अघि सारेकी छिन् ।
नेचासल्यान ३ को नवनिर्वाचित प्रतिनिधिको पहिलो बैठक, के गरे निर्णय ?
सोलुखुम्बुको नेचासल्यान गाउँपालीका ३ मा नवनिर्वाचित प्रतिनिधिहरुको पहिलो बैठक बसेको छ । वडाअध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा मंगलबार बसेको बैठकले नमुना वडा बनाउन राजनैतिक र बौद्धिक व्यक्तिहरुसँग सल्लाह सुझाव लिदैँ सर्वपक्षिय विकासमा अघि बढ्ने निर्णय गरेको छ । अध्यक्ष भट्टराईका अनुसार पुर्वाधार निर्माणको लागि स्वास्थ्य, सरसफाई, खानेपानी, सडक, बजारर विद्युत व्यवस्थापन, ढल निकास, रोजगारी, कृषि तथा पशुपालन, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरिएको छ । साथै, बैठकले वडामा संचालित विद्यालयको व्यवस्थापन समितिमा वडाका निर्वाचित पदाधिकारीलाई जिम्मेवारी दिनेगरि कार्य विभाजन गरिएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।