Logo

ओलीले देउवालाई भनेः इपिजी रिपोर्ट बुझ्नुहोस् र के छ जनतालाई जानकारी गराउनुहोस्



काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल भारत प्रबुद्ध वर्ग समूह इपिजीको रिपोर्ट बुझ्न आग्रह गरेका छन् । आज सदनमा बोल्दै ओलीले रिपोर्टमा के छ भनी सदनमार्फत् नेपाली जनतालाई जानकारी गराउन समेत भने ।

‘प्रबुद्ध वर्ग समूहले बुझाएको प्रतिवेदन इपिजीको रिपोर्ट किन नबुझेको ?’ ओलीले प्रश्न गरे,‘बुझ्नुहोस् र नेपाली जनतालाई जानकारी गराउनुहोस् ।’

नेपाल र भारतका प्रबुद्ध वर्ग बसेर रिपोर्ट बनाइएकोमा नबुझेको भन्दै ओलीले प्रश्न उठाए । इपिजीले नेपाल र भारतबीचको सन्धी सम्झौता पुनरावलोकनका लागि प्रतिवेदन तयार गरेपनि सार्वजनिक भएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot