Logo

विदुरनगरपालिका–१२ को पहिलो बैठक सम्पन्न, विद्यार्थीको बीमा गर्ने निर्णय



काठमाडौं, १२ जेठ । नुवाकोट विदुरनगरपालिका वडा नं १२ को पहिलो बैठकले विद्यार्थीहरुको बीमा गर्ने निर्णय गरेको छ ।

नवनिर्वाचित वडाध्यक्ष उपिन्द्र खड्काको अध्यक्षतामा बसेको बुधबार बसेको बैठकले १२ नं. वडामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आकस्मिक दुर्घटना बीमा गर्ने निर्णय गरेको हो ।

बैठकमा महिला वडा सदस्य निर्मला नेपाल,सीता मिजार दलित महिला सदस्य, वडा सदस्यहरु झंक प्रसाद भट्ट, रामचन्द्र पौडेल र वडा सचिव प्रकाश अधिकारीको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot