
काठमाडौं, जेठ १३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले चुनावमा सिद्धान्तले जितेको बताएका छन् ।
स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरक्रिया तथा पुरुस्कार वितरण कार्यक्रममा बोल्दै दाहालले माओवादीले प्रचण्डको भिजनले जितेको र प्रचण्ड बिचार कार्यान्यन भैरहेकोमा सहिदहरु खुसिररहेको बताएका छन् ।
उनले भने ‘माओवादीले चुनाव हारेपनी सिद्धान्त ले जितेको छ, प्रचण्ड को भिजन ले जितेको छ ,प्रचण्ड बिचार कार्यान्यन भैरहेका छन् यस अर्थमा सहिदहरु हाँसिरहेका छन् ।’
दाहालले काठमाडौंमा बालेन जसरी आउनु भयो, त्यसलाई आफूले सकारात्मक ठानेको समेत बताएका छन्। ‘बालेन जसरी अगाडी आउनु भयो त्यो चाहिँ पार्टीहरुका लागि पनि सकारात्मक नै कुरा हो भन्ने ठान्छु, सबै पार्टीहरुका लागि पनि एउटा सन्देश दिनु भएको छ उहाँले, त्यस अर्थमा उहाँलाई म बधाई भन्न चाहन्छु।’ दाहालले भने ।