Logo

दिपेन्द्रसँग उठ्दा ४ हजार मत ल्याएकी समिक्षाको बालेनसँग लड्दा जमानत जफत



काठमाडौं, १३ जेठ । कोभिड–१९ (कोरोना) भाइरस तीव्र फैलिरहेको बेला निस्क्रिय बनेको विवेकशील साझाले स्थानीय चुनावमा लज्जास्पद हार व्यहोरेको छ ।

अघिल्लो पटकको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील र साझा छुट्टाछुट्टै लड्दा झन्डै ४२ हजार मत ल्याएकोमा दुबै पार्टी एक भएर लड्दा साढे ६ सय मत पनि पाउन सकेन ।

कोभिड–१९ उच्च संक्रमणका बेला निस्क्रिय भएको विवेकशील साझालाई काठमाडौंका जनताले पत्याउन छाडेको प्रस्ट हुन्छ । गत स्थानीय तहको निर्वाचन काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशीलकी उम्मेदवार रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो भएकी थिइन् ।

त्यस्तै, साझाका उम्मेदवार किशोर थापाले १८ हजार ४ सय ९६ मत प्राप्त गरेका चौथौ स्थान हासिल गर्न सफल भएका थिए । तर अहिले विवेकशील–साझाबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी समिक्षा बाँस्कोटाले ६ सय ४७ मत ल्याएर लज्जास्पद हार बेहोरेकी छिन् । यसले नेपालमा विवेकशील साझा जस्ता वैकल्पिक शक्तिको उपदयता समाप्त भएको संकेत गरेको छ ।

प्रदेश सभा सदस्यको चुनावमा नेपाली कांग्रेसका उम्मेदवार दिपेन्द्र श्रेष्ठ निर्वाचित हुँदा तेस्रो स्थानमा हासिल गर्न सफल विवेकशील साझाकी समिक्षा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले निर्वाचित हुँदा छैटौं स्थानमा धकेलिएकी छिन् । काठमाडौं महानगरपालिकाको १०,११ र २९ नम्बर पर्ने काठमाडौं क्षेत्र नम्बर १ (क)बाट प्रदेश सभा सदस्यमा लड्दा ४ हजार मत ल्याएकी समिक्षाले काठमाडौं महानगरपालिकाको ३२ वटै वडाबाट जम्मा ६ सय ४७ मत ल्याएकी हुन् । कोरोनाकालमा त्यो क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य निरन्तर जनताको सेवामा खटिदा उनी र उनको पार्टी भने निस्क्रिय बन्नुको परिणाम रहेको वानेश्वरका स्थानीय वासिन्दाहरु बताउँछन् ।

निर्वाचित सांसद दिपेन्द्रले मध्य वानेश्वरको रत्न राज्य स्कुल र बुद्धनगरको मेरो हस्पिटलमा सुशील कोइराला मेमोरियल आइसोलेसन सेन्टर खोलेर जनतालाई निःशुल्क सेवा दिएका थिए । दिपेन्द्रले सामाजिक संघसंस्थामार्फत सिभिल अस्पताललाई डेढ करोड बढीको स्वास्थ्य सामग्री प्रदान गरेका थिए । घरघरमा औषधि पुर्‍याउनेदेखि हरेक काममा जनताको घरदैलोमा दिपेन्द्र पुग्दा प्रदेश सभामा प्रतिस्पर्धा गरेकी समिक्षा भने चुपचाप घरमै बसिन् । सामाजिक सञ्जालमा छाएपनि सामाजिक काममा देखा नपरेकी समिक्षा र विवेकशील साझा पार्टीलाई काठमाडौंका जनताले खासै रुचाएको देखिएन । मत परिणामबाट त्यो कुरा प्रस्ट हुन्छ ।

दिपेन्द्रसँग उठ्दा ४ हजार मत ल्याएकी समिक्षाको बालेनसँग लड्दा जमानत जफत भएको छ । दिपेन्द्र ६ हजार २ सय ५० ल्याएर प्रदेश सभामा निर्वाचित हुँदा समिक्षाले ४ हजार ल्याएर तेस्रो स्थान हासिल गरेकी थिइन् । दोस्रो स्थान भने ४ हजार ४ सय मत ल्याएर बाम गठबन्धनकी विष्णुमाया भुषालले ओगटेकी थिइन् । त्यो बेला रवीन्द्र र समिक्षाको व्यापक मिडिया क्याम्पेन हुँदा दिपेन्द्र लोकप्रिय मतका साथ प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । अहिले उनी बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्रीको भूमिकामा छन् ।

अहिले राप्रपाका उम्मेदवारभन्दा धेरै मत अन्तरका साथ समिक्षा छैटौं स्थानमा पुगेकी छिन् ।

काठमाण्डौँ महानगरको मेयर बालेन ६१,७६७९३२५० विजयी भएका छन् । कांग्रेसकी सिर्जना सिंहले ३८,३४१ मत ल्याएर दोस्रो र एमालेका केशव स्थापित ३८,११७ तेस्रो स्थान हासिल गरेका छन् । चौथो स्थानमा १३,०७७ मतका साथ स्वतन्त्र उम्मेदवार सुमन सयामी १३,०७७ भने पाँचौ बनेका राप्रपाका मदनदास श्रेष्ठले ५,७७० मत ल्याएका छन् । समिक्षा ६४७ र धेरैपटक रक्तदान गर्ने प्रेमसागर २१४ ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्