Logo

एमालेद्वारा प्रतिनिधि सभा बैठकमा अवरोध



काठमाडौं, जेठ १३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधि सभाको वैठकमा अवरोध सुरु गरेको छ।

पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिने क्रममा उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसद्‌हरुले बैठकमा अवरोध गरेका हुन्।

मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसद खगराज अधिकारीले शुरुमा आपत्ति जनाएका छन् । अधिकारीले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले समय दिएका थिए। लगत्तै जवाफ दिनेक्रममा बडूले निरन्तर ओलीमाथि आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसदहरु उठेर अवरोध सुरु गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्