Logo

आईपीएल: फाइनल प्रवेशको लागि राजस्थान र बैंगलोर भिड्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट अन्तर्गत आज हुने दोस्रो क्वालिफायरमा दुई रोयल्स क्लब राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दैछन् । अहमदाबादमा हुने खेल बेलुकी ७:४५ बजे शुरु हुनेछ ।

आज हुने खेल दुवै टोली जीत निकाल्दै फाइनल पुग्ने लक्ष्य साथ मैदान उत्रिनेछन् । आज खेलमा जीत निकाल्ने टोलीले आइतबार हुने फाइनलमा गुजरात टाइटान्सको सामना गर्नेछ ।

गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको थियो । दोस्रो पटक फाइनल पुग्ने अवसर पाएको राजस्थान आजको खेलमा कुनै गल्ती गर्न चाहन्न । प्रतियोगिता भरि समान प्रदर्शन गरेको राजस्थान दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।

यता पहिलो पटक उपाधिमा आफ्नो नाम लेखाउने दाउमा रहेको बैंगलोरपनि राजस्थानलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ । इलिमिनेटरको खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले पराजित गर्दै क्वालिफायरमा पुगेको बैंगलोर आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

दुई टोलीबीच लिग चरणमा भएको पहिलो भेटमा बैंगलोर ४ विकेटले विजयी भएको थियो भने दोस्रो भेटमा राजस्थानले २९ रनले बाजी मारेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot