काठमाडौं, १३ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।
आज बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले आगामी जेठ २७ गतेका लागि निर्वाचनको मिति सार्वजनिक गरिसकेको छ । चाँगुनारायण नगरपालिकामा कुनै पनि दलले बहुमत ल्याउन सकेको छैन् । कुनै पनि वडामा जनप्रतिनिधि चुनिएपनि कुनै दलले बहुमत ल्याउन नसकेका हुन् ।
चाँगुनारायण नगरमा नेपाली कांग्रेस र नेकपा एमालेका समान १८–१८ जना नगर सभासद चुनिएका छन् । मेयरमा कांग्रेसका जीवन खत्री भारी मतले निर्वाचित भएका छन् ।