Logo

व्यासमा जोशीले दिएको रिटमा १५ दिनभित्र जवाफ पेश गर्न विपक्षीलाई आदेश



काठमाडौं, १३ जेठ । तनहुँको ब्यास नगरपालिकाको मतगणना पुनः गर्न माग गर्दै मेयरका पराजित उम्मेदवार दिपकराज जोशीले दिएको रिटमा उच्च अदातल पोखराले कारण देखाउ आदेश दिएको छ ।

उच्च अदालतले निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो कारणसहित १५ दिनभित्र जवाफ पेश गर्न निर्वाचन आयोगसहितका विपक्षीलाई आदेश दिएको हो ।

व्यास नगरमा नेपाली कांग्रेसका वैकुण्ठ न्यौपाने २५२ मतान्तरले निर्वाचित भएका थिए । जोशीले मतगणना बदर गरेर पुनः मतदान गरी पाउँ भनेर न्यौपानेसहित ५ जनालाई विपक्षी बनाएर रिट दायर गरेका थिए । न्यौपाने कांग्रेस नेता रामचन्द्र पौडेल निकट चिनिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot